यदु गौतम २५ औं स्मृतिः काठमाडौं र रुकुममा सोमबार विशेष कार्यक्रम गरिदै

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने


काठमाडौं । तत्कालीन माओवादी शसस्त्र द्वन्द्वका क्रममा मारिएका यदु गौतमको २५ औं स्मृति दिवसका अबसरमा यदु स्मृति प्रतिष्ठान रुकुमले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

वि.स २०५५ साल फागुन २१ गते तत्कालीन माओवादीबाट मारिएका यदु गौतमको स्मृतिमा काठमाडौं तथा रुकुममा विशेष कार्यक्रमको आयोजना गरिएको हो । एमाले रुकुमका तत्कालिन सचिव तथा प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका यदु गौतमको माओवादीले घाँटी रेटेर हत्या गरेका थिए ।

उहाँको २५ औं स्मृति तथा २२ औं युद स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रम सोमबार काठमाडौंको थापागाउँ स्थीत प्रेसिडेन्सियल विजनेस स्कुलमा बिहान ८ बजे विशेष कार्यक्रमको आयोजना गरिएको यदु स्मृति प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रममा संघीय संसदका सभामुख देवराज घिमिरेको प्रमुख उपस्थिती रहने प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा एमाले लगायत अन्य नेताहरुको पनि उपस्थिती रहने छ । हरेक वर्ष जस्तो प्रतिष्ठानले गौतमको स्मरणमा यदु स्मृति पत्रकारिता पुरस्कार पनि बितरण गर्ने प्रतिष्ठान अध्यक्ष सुजाता गौतमले बताउनुभयो ।

कार्यक्रमको सह—आयोजकमा नेकपा एमाले रुकुम पश्चिम–काठमाडौ सम्पर्क मन्च रहेको छ । त्यस्तै, गौतमको स्मृतिमा रुकुममा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । रुकुम पश्चिमको चौरजाहरीको हिमालय मावीमा अनेरास्ववियु कर्णाली प्रदेश कमिटिले हाजिर जवाफ र बक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको एमाले नगर कमिटीका सचिव ओम प्रकाश आचार्यले बताउनुभयो ।

सेयर: 86
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
mist
18° _ 18°
77%
शनि
26 °C
आइत
26 °C
सोम
24 °C
मंगल
25 °C
बुध
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ