ओलीले भन्नुभयोः नयाँ सत्तासमीकरणले देशलाई निकास दिन्छ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिमा जेजस्तो फेरबदल आए पनि मिसन ८४ नछाड्ने बताउनुभएको छ ।

पार्टी निकट मजदुरहरुको संगठन जिफन्टको कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले सो धारणा राख्नुभएको हो । आज देशको परिस्थिति अलि छिटो छिटो हिँड्न खोजेको बताउँदै ओलीले भन्नुभयो, जे जति परिवर्तन भए पनि हामी मिसन ८४ छाड्दैनौं ।

एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्ने उद्देश्यको साथ मिसन चौरासी भनेको हो । त्यसको मापन मात्र निर्वाचनले गर्छ ।’ एमाले निर्णायक शक्ति भएमात्र राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा हुने उहाँको भनाई छ ।

सत्ता समीकरणमा भएको फेरबदलले देश भत्ताभुंग अवस्थाबाट सकारात्मक अवस्थातिर फर्किने विश्वास पनि ओलीले व्यक्त गर्नुभयो ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
broken clouds
14° _ 14°
77%
2 km/h
शनि
12 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ