बन्दुक सहित सात जना पक्राउ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

तनहुँ, । तनहुँको  शुक्ल गण्डकी नगरपालिका–११ भुस्नापुरबाट तनहुँ प्रहरीले दुई बन्दुकसहित  सात जना पक्राउ परेका छन् ।

शङ्कास्पद वस्तुसहित सरिप चन्द समातिएपछि सोधपुछ गरेर पछ्याउँदा दुई नाले बन्दुकसहित पाँच र एकनाले बन्दुकसहित दुई गरी सात जना जना पक्राउ परेका हुन् ।  

इलाका प्रहरी कार्यालय बेलचौतारका प्रहरी निरीक्षक गणेश सुवेदी नेतृत्वको टोलीले दुई वटा अवैध बन्दुकसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुई नाले बन्दुकसहित पक्राउ पर्नेमा लक्ष्मण शाही, केबलबहादुर चन्द, युवराज ढुङ्गाना, दुर्गा वीरजंग ठकुरी र सरिप चन्द छन् ।

एकनाले बन्दुकसहित पक्राउ पर्नेमा कुलबहादुर र यमबहादुर शाही छन् । उनीहरूको साथमा बन्दुकमा प्रयोग गरिने बारुद, बेरिङ, सीसालगायतका पदार्थ पनि फेला परेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
few clouds
17° _ 17°
100%
1 km/h
सोम
18 °C
मंगल
24 °C
बुध
27 °C
बिहि
29 °C
शुक्र
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ