पोखरा महानगरले आज आधा दिन बिदा दिए

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

पोखरा। पोखरा महानगरले आज आधा दिन बिदा दिएको छ । आफ्नो सातौँ स्थापना दिवस मनाउनका लागि बिदा दिएको हो ।

दिवसको उपलक्ष्यमा आइतबार दिउँसो १ बजेपछि महानगरका सबै कार्यालयमा बिदा दिइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले महानगर कार्यपालिकाको कार्यालय, महाशाखा, शाखा र वडा कार्यालयहरू आधा दिन बिदा दिने निर्णय भएको जानकारी दिनुभयो ।

तत्कालीन पोखरा उपमहानगरमा लेखनाथ नगरपालिका र आसपासका अरू गाविसहरू गाभेर आजकै दिन पोखरा महानगर स्थापना भएको थियो । स्थापना दिवसको अवसरमा महानगरले आफ्नै कार्यालय परिसरमा बिहान रक्तदान आयोजना गरेको छ ।

त्यस लगत्तै पोखरा–१९, खुइतेखोलामा पुल शिलान्यास गरिँदै छ । मूल समारोह भने दिउँसो २ बजेबाट हुँदै छ । आजै पृथ्वीचोकमा महानगरले बनाउन लागेको ‘पोखरा भवन’ पनि शिलान्यास गरिँदै छ ।

१० करोड लागतमा पोखराको पहिचान दिने खालको पोखरा भवन बनाउने महानगरका प्रमुख धनराज आचार्यले बताउनुभयो । “महानगरको पहिचान दिने खालको पोखरा भवन बनाउँदैछौँ । तीनतले भवनमा सार्वजनिक पुस्तकालय, आर्ट ग्यालरी, कोसेली घर लगायत हुनेछन्,” उहाँले भन्नुभयो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
100%
मंगल
23 °C
बुध
27 °C
बिहि
29 °C
शुक्र
30 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ