लुम्बिनीमा एकै दिन १२ सय ५० जना अल्पकालीन भिक्षु बने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

भैरहवा । लुम्बिनीमा एकै दिन १२ सय ५० जना अल्पकालीन भिक्षु बनेका छन्। बुद्धमार्गमा हिँड्ने पहिलो खुट्किलोका रूपमा हेरिने श्रामणेर (अल्पकालीन) भिक्षुका लागि शनिबार लुम्बिनीमा प्रव्रज्या कार्यक्रम गरिएको थियो।

मायादेवी मन्दिर परिसरमा एकै दिन १२ सय ५० जना अल्पकालीन भिक्षुले पहेँलो चीवर लगाएर बुद्धधर्मका विभिन्न १० वटा शिला पालना गरी प्रव्रज्यामा सहभागिता जनाएका हुन्।

अखिल नेपाल भिक्षु महासङ्घ, थाई भिक्षु महासङ्घको आयोजना, लुम्बिनी विकास कोषसहितका विभिन्न संस्थाको सहआयोजनामा मायादेवी मन्दिर प्राङ्गणमा १२ सय ५० जनालाई कुलपुत्र प्रव्रज्या गराइएको हो।

अखिल नेपाल भिक्षु महासङ्घ अध्यक्ष महास्थविर धम्म शोभन र थाइल्याण्डका धम्मकाय फाउण्डेशनका फरा उपाझ्याए पभनासहित बौद्ध धर्मगुरूले अल्पकालीन भिक्षुका लागि चीवर प्रदान गर्नुभएको हो।अल्पकालीन भिक्षुले पहेँलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियम पालना गर्नुपर्छ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
88%
1 km/h
मंगल
16 °C
बुध
27 °C
बिहि
29 °C
शुक्र
31 °C
शनि
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ