गाउँपालिका उपाध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं, फागुन २७ गते। दोलखाको तामाकोशी गाउँपालिकाका तत्कालीन उपाध्यक्ष उर्मिला खड्कासहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, तत्कालीन लेखा अधिकृत विजय लुइँटेल, योजना शाखाका तत्कालीन लेखापाल रामबहादुर कार्की, तत्कालीन इन्जिनियर सुबोधकुमार चापागाई, तत्कालीन सबइन्जिनियर सिर्जना दुवाललगायत १२ जनाविरुद्ध गैरकानुनी लाभ तथा हानी पुर्‍याई  भ्रष्टाचार गरेको आरोपपत्र दायर भएको छ।

गाउँपालिकाका उपाध्यक्ष उर्मिला खड्का, वडा नम्बर १ का वडाध्यक्ष महेश्वर काफ्ले, वडा नम्बर ४ का वडा अध्यक्ष होमबहादुर श्रेष्ठ, उपभोक्ता समितिका अध्यक्ष इराजन पोखरेल, सचिव नम्रता महत, कोषाध्यक्ष माण्डवी पोखरेल र गाउँपालिका ३ का तत्कालीन र हालका वडाध्यक्ष रामप्रसाद काफ्लेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

उनीहरुविरुद्ध तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफे जामुनेमा सभाहल तथा शौचालय निर्माण गर्न बनेको उपभोक्ता समिति, अनुगमन समिति, वडाध्यक्ष र प्राविधिकको मिलेमतोमा नक्सा अनुसारको काम नहुँदा समेत गैरकानुनी तवरबाट बजेट निकासा गरेको आरोप छ। 

भवनको लम्बाइ छोटो, पिलर तथा टाई बिमको साइज घटी बढी रहेको र भवन निर्माण स्थलमा रहेको पुरानो भवनको सामग्री बेचेर खर्च गरेको भन्ने उजुरीमा अनुसन्धान हुँदा गाउँपालिकाबाट १२ लाख ८९ हजार ३२० रुपियाँ नेपाल सरकरालाई हानि पुर्‍याएको आयोगले जनाएको छ। आयोगका अनुसार उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना हुन मागदाबी आइतबार आरोपपत्र दायर भएको छ। 

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
88%
1 km/h
बुध
27 °C
बिहि
29 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ