काठमाडौँ । आज विश्व मिर्गौला दिवस । ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदै छ ।
यस अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अनुभवसहितका केही सुझाव दिएका सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको छ । दुई पटक मिर्गौला प्रत्यारोपण गर्नुभएका उहाँले मिर्गौला जोगाउन आफैँ सजग हुनुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले भन्नुभएको छ,मिर्गौला दिवससँग मेरो भावनात्मक अनुभूति छ। किनभने मैले दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु। हाम्रो सानो लापरबाहीले मिर्गौला बिग्रिन सक्छ । जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ। प्रत्यारोपण गर्नु धेरै जटिल काम हो। डाइलासिस् गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ।
Recent Visitors: 5
तपाईको प्रतिक्रिया के छ?
+1
1
+1
+1
+1
+1
+1
+1