काठमाडौं । रङ्गहरूको पर्व होली आजदेखि सुरु भएको छ । आज (आइतबार) काठमाडौँको वसन्तपुरमा तीन छत्रे होलीको चीर ठड्याइएपछि मुलुकभर होली पर्व प्रारम्भ हो ।
आज (आइतबार) बिहान ७ः४७ बजेको शुभ साइतमा चीर ठड्याइएको थियो ।फागुन शुक्ल अष्टमीका दिन रङ्गीचङ्गी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुने परम्परा छ ।
रङ्गीचङ्गी कपडाका टुक्राहरू झुन्डाइएका करिब ३० फीट अग्लो चीरलाई राजधानीको धालसिक्व टोलका मानन्धरहरूले ठड्याइएको हो । चीर उठाएको हेर्न वसन्तपुरमा विदेशी पर्यटकहरू समेत जम्मा भएको थियो ।नेवारी परम्परा अनुसार यसलाई चिर स्वायगू भनिन्छ ।
पूर्णिमाको रातमा चीर ढालेर टुँडिखेलमा पुर्याई दहन गरेपछि होली पर्व समाप्त हुन्छ ।
फोटो गोरखापत्र
Recent Visitors: 7
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1
+1