एनआरएनले रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा २८ वटा घर पुनर्निर्माण गर्ने

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

जिवन केसि/रुकुम पश्चिम । गैर आवासीय नेपाली संघ (एनआरएन) ले रुकुम पश्चिमको आठविसकोट नगरपालिका –१३ लटा टोलमा भूकम्पले क्षती पुगेका घरहरुको पुनर्निर्माण गरिदिने भएको छ । गत कार्तिक १७ गते गएको बिनाशकारि भूकम्पमा क्षति भएका २८ वटा घरहरु पुनर्निर्माण गरिदिने भएको हो ।

एनआरएन अन्तर्गतको परोपकारी संस्था ग्लोबल एनआरए फाउन्डेशन र एमआईटी ग्रुप फाउन्डेशनले लटा टोलमा घरहरु बनाउन नगरपालिकासँग सम्झौता गरेको आठविसकोट नगरपालिका प्रमुख रबि केसीले जानकारी दिनुभयो । उहाँका अनुसार एनआरएनका अध्यक्ष बिनोद कुँवर र पूर्व अध्यक्ष शेष घलेसँग नगरपालिकाले पुनर्निर्माणका लागि सम्झौता गरेको हो ।

सरकारले ल्याउने कार्यविधि बमोजिम नै उक्त स्थानमा घरहरु बन्ने बताईएको छ । नगर प्रमुख केसीले पुनर्निर्माण कार्यविधि प्राप्त हुने बित्तिकै आवश्यक प्रक्रिया पुर्याएर घरहरु बनाउन सुरु गरिने बताउनुभयो ।

विपद्को बेला विभिन्न निकायहरुले सहयोग गरेको र अब पुनर्निर्माण अभियानका लागि पनि सहयोग गर्न जरुरी रहेको नगरपालिकाले जनाएको छ । स्थानीय श्रोत र साधनहरुको अधिकतम प्रयोग मार्फत भूकम्प प्रतिरोधी घरहरु निर्माण हुने बताईएको छ ।

यसैगरी स्थानीय जनजागरण माध्यमिक बिद्यालय गाउँबारीमा अक्षय कोष स्थापना गरिने भएको छ । भूकम्प पीडित तथा विपन्न, टुहुरा बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्नका लागि बिद्यालयमा अक्षय कोष बनाउने प्रतिबद्धता जनाईएको हो । नगर प्रमुख केसीले बेल्जियममा रहेका नेपालीहरुको सहयोगमा बिद्यालयमा छ लाख रुपियाँ बराबरको अक्षयकोष निर्माण हुने भएको बताउनुभयो ।

सेयर: 13
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
mist
15° _ 15°
100%
1 km/h
आइत
24 °C
सोम
26 °C
मंगल
26 °C
बुध
26 °C
बिहि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ