काठमाडौं । सुन तस्करी प्रकरणमा जोडिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई भैरहवा विमानस्थलबाट काठमाडौं ल्याइदैछ ।
उनलाई प्रहरीले बिहान कपिलवस्तुमा नियन्त्रणमा लिएको थियो । काठमाडौंबाट रोल्पा जानका लागि भैरहवा विमानस्थल हुँदै पुगेका महरालाई रूपन्देही प्रहरीले पक्राउ गरेको हो ।
रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर भट्टले प्रहरीको निगरानीपछि महरा आफैंले काठमाडौं फर्किने चाहना गरेपछि विमानबाटै काठमाडौं ल्याउन लागिएको बताउनुभयो ।
उहाँलाई सुन तस्करीसम्बन्धी जाँचबुझका लागि बनेको उच्चस्तरीय आयोगले कारबाही गर्न सिफारिस गरेको थियो । त्यसलगत्तै उहाँ प्रहरीको उच्च निगरानीमा रहनुभएको थियो । महरा रोल्पा जानका लागि आज बिहान काठमाडौंबाट भैरहवा पुग्नुभएको थियो ।

