Ad imageAd image

बागलुङ बस दुर्घटनामा प्रधानमन्त्री पुष्पकमल दाहालद्धारा दुःख व्यक्त

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बागलुङ दुर्घटनामा दुःख व्यक्त गर्नुभएको छ । सामाजिक संजालमा लेख्दै उहाँले घटनाले गम्भीर बनाएको बताउनुभयो ।

दुर्घटनामा मृत्युभएका सबै प्रति श्रद्धान्जली दिदै उहाँले लेख्नुभएको छ , रुकुम पश्चिमबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस बाग्लुङको निसीखोलामा दुर्घटनाग्रस्त भई मृत्यु र यात्रु घाइते भएको खबरले दुखी तुल्याएको छ। दुर्घटनामा ज्यान गुमाउनुहुने सम्पूर्ण यात्रुहरूमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।

घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्दार र उपचारलाई प्रभावकारी बनाउन प्रशासन संयन्त्रलाई निर्देशित गर्दछु। साथै बारम्बार भइरहेका सवारी दुर्घटनाबाट शिक्षा लिँदै दुर्घटना कम गर्न सकिने उपायहरूसहित आवश्यक योजना निर्माण गर्नसमेत अनुरोध गर्दछु।

यसैबीच, बागलुङको निसीखोलामा आज साँझ भएको बस दुर्घटनाको घाइते २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकका अनुसार दुर्घटनामा मृत्यु भएका सातजनाको शव सङ्कलन भइरहेको छ ।

- Advertisement -
Ad imageAd image

मृतकमध्ये चारजना पुरुष र चार महिला रहेको बताइएको छ । मृतकको सनाखत हुन नसकेको उहाँको भनाइ छ । रुकुम पूर्वबाट काठमाडौँका जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस आज साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको थियो ।

घाइतेमध्ये २३ जनाको अवस्था गम्भीर रहेको जनाउँदै दुईजनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक विकले जानकारी दिनुभयो । बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ । प्रहरी निरीक्षक विकले भन्नुभयो, “घाइते र मृत्यु भएकामध्ये कसैको पनि पहिचान हुन सकेको छैन, घाइतेकोे उद्धार गरेर अस्पताल पठाइएका छाँै, अहिले हामीहरु घटनास्थलमै छौँ, शव सङ्कलन गर्ने क्रममा छौँ, घाइतेमध्ये अधिकांश अवस्था ‘क्रिटिकल’ छ ।”

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
few clouds
22° _ 22°
83%
4 km/h
बुध
22 °C
बिहि
24 °C
शुक्र
27 °C
शनि
27 °C
आइत
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ