Ad imageAd image

पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा. सुनिल कुमार यादवसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा. सुनिल कुमार यादवसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार यादवले कृषि सेड निर्माण सम्बन्धमा फिल्डमा भएको कार्यभन्दा बढी कार्यको मूल्याङ्कन गराइ आम्रपाली बहुमुखी सहकारी संस्था लिमिटेडले पेस गरेको नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदनको सत्यता जाँचबुझ नगरी, नगराई सोही प्रतिवेदन स्वीकृत गरी सहकारी संस्थालाई नौ लाख ७७ हजार १६ रुपियाँ भुक्तानी दिई भ्रष्टाचार गरेको आरोप लागेको छ ।

आयोगका अनुसार अस्पतालका तत्कालीन योजना शाखा प्रमुख सुरेन्द्र महतो कोइरीले कृषि सेड निर्माण कार्य गर्नको लागि दोस्रो पक्षसँग भएको सम्झौतामा संलग्न रहेको, आम्रपाली सहकारीले पेस गरेको लगत इष्टिमेट बमोजिम नगरेको कामलाई गरेको भनी सिफारिस गरेको आरोप लागेको छ ।

यसैगरी, सर्लाहीका चक्रघट्टा गाउँपालिका वडा नं. ९ का तत्कालीन वडा अध्यक्ष राम ईश्वर ठाकुर लोहार, आम्रपाली सहकारीका अध्यक्ष मृगेन्द्र प्रसाद यादव, उपाध्यक्ष जय नारायण राय व्यवस्थापक जय नन्दन राय यादवविरुद्ध पशुपन्छी व्यवसाय प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ को दफा (८) ४ को पूर्ण पालना नगरी फिल्डमा वास्तविक रूपमा भएको कार्यभन्दा बढी मूल्याङ्कन गरी गराइ रकम भुक्तानीका लागि सिफारिस गरेको आरोप लागेको छ ।

- Advertisement -
Ad imageAd image

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो रकम नौ लाख ७७ हजार १६ रुपियाँ जफत हुन मागदाबी लिई उनीहरुविरुद्ध सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
few clouds
24° _ 24°
64%
2 km/h
आइत
28 °C
सोम
30 °C
मंगल
30 °C
बुध
28 °C
बिहि
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ