Ad imageAd image

धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहतासहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । स्वास्थ्य निर्देशनालय, धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहतासहित छ जनाविरुद्ध दुई करोड ८९ लाख ६६ हजार ५० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार मेहतासहित छ जना र हस्पिटेक इन्टरप्राइजेज प्रालि विरुद्ध गैरकानुनी लाभ तथा हानी पुर्‍याएर भ्रष्टाचार गरेको आरोप लागेको छ।

हाइ डिपेन्डेनसी युनिट खरिद मूल्याङ्कन समितिका सदस्य तथा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरका वायोमेडिकल इन्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय, धनकुटाका लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, खोप अधिकृत उदेशकुमार श्रेष्ठ, हस्पिटेक इन्टरप्राइजेज, काठमाडौँका सञ्चालक विशाल पण्डित र बजार व्यवस्थापक मनोजकुमार आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम ऐनको दफा २२ को प्रतिबन्धात्मक व्यवस्था बमोजिम मुख्य कसुरदारलाई हुने सजाय बराबर न सजायको मागदाबी लिइएको आयोगले जनाएको छ।

- Advertisement -
Ad imageAd image
सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
few clouds
19° _ 19°
94%
2 km/h
मंगल
28 °C
बुध
25 °C
बिहि
24 °C
शुक्र
23 °C
शनि
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ