रास्वपाको संसदीय दलको बैठक बस्दै

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । प्रतिनिधिसभाको हिउँदे अधिवेशन बस्नुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पूर्वतयारीका लागि दलको बैठक बोलाउनुभएको छ ।

संसद् सचिवालयले संसद् बैठक अपराह्न ४ बजे बोलाएको छ । त्यसअघि रास्वपाले संसदमा कसरी प्रस्तुत हुने भन्ने सवालमा आफ्ना सांसदहरूसँग छलफल गर्न लागिएको उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिनुभयो ।

उहाँकाअनुसार बैठक दिउँसो २ बजे संसदीय दलको कार्यालयमा बोलाइएको छ । यो पटक रास्वपाले अत्यावश्यक कानुन निर्माण र संविधान कार्यान्वयनमा सरकारमाथि दबाब बढाउने तयारी गरेको छ । त्यसका लागि संसद् र संसदीय समितिमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ ।

सोमबार बस्ने बैठकमा दलका नेता रविले संसदमा प्रस्तुत गर्ने एजेन्डाबारे छलफल हुने अर्यालले बताउनुभयो । संसद् बैठकमा कसरी प्रस्तुत हुने विषयमा दलका नेताले सांसदहरूसँग छलफल राख्नुभएको हो । यसअघि रविले विषयगत समितिमा रहेका सांसदहरूलाई तीन वटा प्रश्नको उत्तर लिएर आउन निर्देशन दिएका थिए ।

त्यसबारे माघ १९ गते बसेको दलको बैठकमा छलफल भएको थियो । यस्तै रास्वपाले सुशासन, विकास आयोजना निर्माण, जनजीविकाका विषयमा संसदमा कडा रूपमा प्रस्तुत हुने भएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
few clouds
19° _ 19°
88%
मंगल
31 °C
बुध
32 °C
बिहि
33 °C
शुक्र
32 °C
शनि
33 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ