Ad imageAd image

स्यार्पू ताल नजिकैको डाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण, आन्तरिक पर्यटन बढ्ने

संवाददाता
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ र ५ मा पर्ने स्यार्पू ताल नजिकै रहेको डाँडाबाट प्याराग्लाइडिङ सफल परीक्षण गरिएको छ । प्याराग्लाइडिङ परीक्षणको लागि स्यार्पु अर्ग्यानिक होटेलका सञ्चालक हिरालाल केसीले पहल गर्नुभएको थियो ।

स्यार्पू तालको थप प्रचारप्रसार गर्ने उद्देश्यले स्यार्पूमा प्याराग्लाइडिङ परीक्षण गरिएको हो ।  सम्बन्धित निकायसँग समन्वय गरेर स्यार्पू तालको थप प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उद्देश्यले प्याराग्लाइडिङ परीक्षण गर्न पहल गरिएको र परीक्षण सफल भएको केसीले बताउनुभयो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट १५ दिनको अनुमति लिएर स्यार्पूमा प्याराग्लाइडिङको सफल परीक्षण गरिएको प्याराग्लाइडिङ प्रशिक्षक तथा एडभान्चर सानुबाबु सुनारले बताउनुभयो । उहाँका अनुसार स्यार्पूमा ४ दिन प्याराग्लाइडिङ परीक्षण गरिएको हो । १० वटा प्याराग्लाइडिङ प्रयोग गरेर भूगोल हावापानी, भिर पाखा समेतको परीक्षण गरिएको हो ।

स्यार्पू प्याराग्लाइडिङका लागि सुरक्षित र उत्कृष्ट ठाउँ रहेको उहाँले बताउनुभयो । ‘४ दिनको अवधिमा प्याराग्लाइडिङ गरेर हेर्दा सुरक्षित र उत्कृष्ट लाग्यो, साहसिक खेलको रूपमा विश्वका मानिसलाई ल्याएर ठुला ठुला इभेन्ट गर्न सकिने सम्भावना रहेको देखेँ’ प्याराग्लाइडिङ प्रशिक्षक तथा एडभान्चर सुनारले भन्नुभयो । 

- Advertisement -
Ad imageAd image

नेपालको महत्त्वपूर्ण क्षेत्र मध्ये स्यार्पू पनि प्याराग्लाइडिङको लागि उपयुक्त ठाउँको रूपमा सफल परीक्षण भएकोले पर्यटन प्रवर्द्धन गर्न सबै आफ्नो ठाउँबाट लाग्नुपर्ने पर्यटन प्रवर्द्धनको क्षेत्रमा क्रियाशील रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका गोपाल केसीले बताउनभयो ।

प्याराग्लाइडिङ सफल परीक्षण भए पनि सञ्चालनमा भने चुनौती रहेको उहाँको भनाई छ । प्याराग्लाइडिङ सञ्चालनको लागि अनुमति, जनशक्ति अभाव, अस्पताल, यातायातको भरपर्दो सेवा लगायतमा चुनौती देखिएको केसीले बताउनुभयो । प्रभावकारी योजना बनाएर लागेमा १० वर्षभित्र स्यार्पूले स्थानीय तथा जिल्लालाई पर्यटन प्रवर्द्धनमा ठुलो सहयोग पुग्ने गाउँपालिका अध्यक्ष जनककुमार बाँठाकाे विश्वास छ ।

प्याराग्लाइडिङ परीक्षणका लागि परीक्षक सुनार सहित १८ जना परीक्षार्थी पाइलट स्यार्पू आएका थिए । उक्त टोली प्याराग्लाइडिङ उडानको लागि जेठ महिनामा पुनः आउने छ । प्याराग्लाइडिङ परीक्षण गर्न आएको टोली प्याराग्लाइडिङ मार्फत शनिवार नै स्यार्पूबाट रुकुमकोट हुँदै बागलुङ गएको थियो ।

प्याराग्लाइडिङ सफल परीक्षण भएकोमा खुसी व्यक्त गर्दै स्यार्पूको पर्यटन प्रवर्द्धन गर्न सङ्घ र प्रदेश सरकारले पनि चासो देखाउनुपर्ने गाउँपालिका अध्यक्ष बाँठाले बताउनुभयो । स्यार्पूमा पर्यटन प्रवर्द्धन गर्न स्यार्पूमा आउने पर्यटकहरूको बसाइँ व्यवस्थापन, समुदायको अनुशासन लगायतका विषयमा पनि ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । स्यार्पू ताल देशकै गहना भएकाले सङ्घ, प्रदेश र स्थानीय सरकार मिलेर योजना बनाई अगाडी बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
28°C
Kathmandu
clear sky
28° _ 28°
29%
2 km/h
सोम
31 °C
मंगल
33 °C
बुध
33 °C
बिहि
33 °C
शुक्र
33 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ