Ad imageAd image

डुङ्गा पल्टिँदा एक जना युवक

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बाजुरा । बाजुराको छेडेदह तालमा डुङ्गा पल्टिँदा एक जना युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका-७ लम्गाउँका वर्ष ३२ का विरेन्द्र रावत रहेका छन् । चैत ११ गते खप्तड छेडेदह गाउँपालिका-७ मा रहेको छेडेदह तालमा चलाएको डुङ्गा पल्टदा रावत बेपत्ता भएका थिए ।

तालमा बेपत्ता भएका रावतको प्रहरीले खोजी गरेपछि हिजो बेलुका पाँच बजे मृतक फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

हिजो दिउँसो १ बजेर ३० मिनेटमा सो तालमा चलाएको डुङ्गा पल्टदा रावत बेपत्ता भएको भन्ने खबर प्राप्त भएसँगै प्रहरीले त्यहाँ गएर खोजी गरेपछि रावत मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख कविन्द्रसिंह बोहराले बताउनुभयो ।

- Advertisement -
Ad imageAd image

उहाँले भन्नुभयो, “मृतक रावतको पोष्टर्माटमका लागि अहिले जिल्ला अस्पताल बाजुरामा ल्याएको छ।”डुङ्गमा सात जना सवारमध्ये ६ जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख बोहराले बताउनुभयो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
broken clouds
22° _ 22°
83%
1 km/h
सोम
22 °C
मंगल
27 °C
बुध
24 °C
बिहि
26 °C
शुक्र
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ