Ad imageAd image

विपद्मा संयमित र एकताबद्ध भई उद्धारमा जुट्न कार्यवाहक प्रधानमन्त्रीको आग्रह

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएकाले संयमित र एकताबद्ध भई उद्धारमा जुट्न आग्रह गरेका छन् ।

शनिबार विहान कार्यवाहक प्रधानमन्त्री सिंहले यस्तो आग्रह गरेका हुन्  । सरकारले विपद्को बेलामा नागरिकको धनजनको रक्षा गर्न कुनै कसर बाँकी नराख्ने पनि उनले बताएका छन् ।

केही जिल्लामा मानवीय क्षति भएको सडक, पुलपुलेसा पनि भत्किएको भन्दै प्राकृतिक विपद्को यो विषम परिस्थितिमा नागरिकको सेवामा सरकार तल्लीन रहेको सिंहको भनाई छ ।

उनले भने, ‘यात्राका क्रममा अलपत्र परेकाहरूलाई उद्धार गरी गन्तव्यमा पु¥याउने प्रयास भइरहेको छ । त्यसका लागि गृहमन्त्रालयको समन्वयमा आवश्यक प्रयास जारी छ । गृहमन्त्री, सुरक्षा अंगका प्रमुख, मुख्यसचिव, सचिवसहित राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लगायत सबैको समन्वयमार्फत विपदबाट प्रभावित व्यक्ति एवम् परिवारको सेवामा सरकारका सबै अङ्ग पूर्ण रूपमा परिचालन गरिएको छ ।’

- Advertisement -
Ad imageAd image

यो विषम परिस्थितिमा  सबैलाई संयमित र एकताबद्ध भई पीडितको सेवामा परिचालित हुन पनि उनले आग्रह गरेका छन्  ।

उनले भने, ‘मौसमविद्हरूका अनुसार वर्षा अझै पनि जारी रहने भन्ने जानकारी प्राप्त भएकाले थप क्षति हुनबाट जोगिनका लागि अत्यावश्यक काम बाहेक हिँडडुल नगर्न सबैमा अनुरोध गर्दछु ।’

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
light rain
25° _ 25°
83%
1 km/h
सोम
25 °C
मंगल
26 °C
बुध
24 °C
बिहि
24 °C
शुक्र
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ