Ad imageAd image

सरकारको नयाँ समीकरणपछि राजस्व संकलनले आर्थिक सुधारको लय समातेको छः प्रधानमन्त्री

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नयाँ समीकरणपछि राजस्व संकलनले आर्थिक सुधारको लय समातेको बताएका छन्।
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको मुख्य सुरुङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्ला दिनमा देखिएका आर्थिक परिसूचकहरूले समृद्धिमा गुणात्मक आशा जगाएको बताए।

प्रधानमन्त्री प्रचण्डले भने, ‘भारतलगायत तेस्रो मुलुकमा विद्युत् निर्यातको समझदारी र तयारी, सडक पूर्वाधारमा सुरुङमार्गको नयाँ युगमा प्रवेश, रेमिट्यान्समा वृद्धिका कारण बाह्य व्यापारमा सहजता, सूचना–प्रविधिमा अर्बौँको आइटी सेवा निर्यात, स्टार्टअप बिजनेसमा प्रगतिलगायतका आर्थिक परिसूचकहरूले हामीलाई विकास र समृद्धिको नयाँ युगमा प्रवेशका निम्ति महत्त्वपूर्ण ऊर्जा दिएका छन्।’

नयाँ वर्षको सुरूवातसँगै नेपालकै पहिलो सुरूङमार्गको मुख्य सुरूङको ‘ब्रेक–थ्रु’ गर्ने ऐतिहासिक अवसरमा खुसी व्यक्त गर्दै उनले यसबाट नेपाली माटो सुहाउँदो सुरूङ सम्बन्धि दस्तावेज निर्माण हुने र नेपाललाई सुरूङ युगमा पु¥याउन महत्वपूर्ण योगदान गर्ने बताए ।

यही वैशाख १६ र १७ गते अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गरिएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले नेपालको विकासमा लगानीका सम्भावनालाई अन्तर्राष्ट्रिय मञ्चमा आगामी सम्मेलनले जोड्ने विश्वास व्यक्त गरे।
लगानीको वातावरण बनाउन सरकारले नीतिगत सुधारका कामहरू भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक विकासका लागि वैदेशिक लगानीलाई प्रोत्साहन र आकर्षित गर्न आवश्यक रणनीतिका साथ अघि बढ्ने सरकारको तयारी रहेको बताए।

- Advertisement -
Ad imageAd image

नेपाल पूर्वाधार विकासको नयाँ गन्तव्यमा प्रवेश गरिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले सुरुङमार्ग निर्माणमा सहयोग गर्दै आएको मित्रराष्ट्र जापान सरकारलाई धन्यवाद व्यक्त गरे।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
broken clouds
26° _ 26°
53%
4 km/h
बुध
26 °C
बिहि
27 °C
शुक्र
25 °C
शनि
28 °C
आइत
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ