Ad imageAd image

प्रहरीको नाममा रकम ठगी गरेको आरोपमा पक्राउ

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रौतहट । प्रहरीको नाममा रकम ठगी गरेको आरोपमा रौतहट प्रहरीले एक जनालाई  पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको घुमुवा हुँ भन्दै किसानसँग पैसा मागेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गरुडा नगरपालिका ८ बिर्ता गाउँका ४४ वर्षीय सदरे आलम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवम् डिएसपी दीपककुमार रायले बताए। उनका अनुसार गौर चन्द्रिगाहपुर सडकखण्ड अन्तर्गत बिर्ता चौकमा आलमले शुक्रवार दिउँसो घुमुवा प्रहरी बताएर किसानले ल्याउँदै गरेको मलखाद रोकेर पैसा मागिरहेको सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबाट खटिएको प्रहरी गस्ती टोलिले पक्राउ गरेको हो ।

आरोपी आलम हाल इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
scattered clouds
22° _ 22°
73%
1 km/h
शनि
29 °C
आइत
30 °C
सोम
31 °C
मंगल
31 °C
बुध
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ