त्रिकोणात्मक टी २० सिरिजअन्तर्गत आज नेपाल र भारतीय क्लब गुजरातबिच प्रतिस्पर्धा हुँदै

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । त्रिकोणात्मक टी २० सिरिजअन्तर्गत आज नेपाल र भारतीय क्लब गुजरातबिच प्रतिस्पर्धा हुँदै छ ।

खेल आज दिउँसो पौने ३ बजेबाट मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा हुनेछ । नेपाल, गुजरात र बरोडाबीच हुने त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ ।

नेपालले ओमानमा हुने एसिसि प्रिमियर कपको तयारी स्वरूप सिरिज खेल्दै छ । नेपालले दोस्रो खेल चैत २० मा बरोडासँग खेल्नेछ । चैत २१ गुजरातसँग खेल्नेछ ।

त्यस्तै सिरिजको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्नेछ । फाइनल चैत २५ हुनेछ । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
72%
2 km/h
सोम
24 °C
मंगल
23 °C
बुध
24 °C
बिहि
26 °C
शुक्र
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ