Ad imageAd image

रौतहटमा ४९ हजार २६९ जना किशोरीलाई एचपीभी खोप लगाइने

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

रौतहट । पाठेघरको मुखको क्यान्सर विरुद्धको “एचपीभी खोप” अन्तर्गत रौतहटमा ४९ हजार २६९ जना किशोरीलाई लगाइने भएको छ ।

कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका किशोरीलाई एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप दिइने भएको हो । यहाका १० बर्ष देखि १४ बर्षसम्मको विद्यालय बाहिर रहेकालाई खोप लगाइने भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहट प्रमुख राजेश सिंहले बताए ।

उनका अनुसार सामुदायिक र संस्थागत विद्यालयमा ३९ हजार र विद्यालय बाहिर रहेका १० हजार भन्दा बढि गरेर ४९ हजार २६९ जनालाई एचपीभी खोप लगाइने छ ।यो अभियानका लागि यहाका स्वास्थ्य संस्थामा कार्यरत दुई सय जनशक्तिलाई तालिम दिइसकेको उनले जानकारी दिए ।

यस जिल्लामा दुई चरणमा खोप लगाइने तयारी थालिएको र सम्पूर्ण तयारी पुरा भईसकेको उनको भनाइ छ । माघ २३ गते  पहिलो र माघ ३० गते दोस्रो चरणमा खोप लगाइने अभियान थालिने स्वास्थ्य कार्यालयका प्रमुख सिंहले बताए ।

- Advertisement -
Ad imageAd image

पहिलो चरणमा फतुवा विजयपुर, मौलापुर, बौधीमाई, गढीमाई, कटहरिया, देवाही गोनाही, राजपुर, परोहा र इशनाथ तथा माघ ३० गतेदेखि हुने दोस्रो चरणमा गौर, राजदेवी, दुर्गा भगवती, यमुनामाई, माधवनारायण, गरुडा वृन्दावन, गुजरा र चन्द्रपुरका किशोरीलाई एचपीभी खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्ग अनुसार नेपालमा हरेक वर्ष दुई हजार दुई सय महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । यसमध्ये एक हजार तीन सयको महिलाको मृत्यु हुने गरेको जनाइएको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
few clouds
25° _ 25°
53%
2 km/h
मंगल
30 °C
बुध
29 °C
बिहि
27 °C
शुक्र
20 °C
शनि
28 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ