थाई-नेपाली संघ, बैंकक शाखामा तोडफोड र कुटपिट : प्रकास बुढाथोकीलाई प्रहरीद्वारा नियन्त्रणमा

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

बैंकक — थाईल्यान्डको राजधानी बैंककको इस्सारफाप सोइ ३ स्थित थाई-नेपाली संघ (TNA) को बैंकक शाखाको कार्यालयअगाडि मंगलबार साँझ करिब ५:२० बजे एक अप्रिय घटना घटेको छ। घटनामा संलग्न व्यक्ति ओम प्रकाश बुढाथोकीले संघको सम्पत्ति तोडफोड गर्नुका साथै वरपर रहेका व्यक्तिमाथि शारीरिक आक्रमण गरेका थिए। घटनास्थलमा प्रहरी उपस्थित भई उनलाई नियन्त्रणमा लिएको छ।

घटनापछि सार्वजनिक भएको भिडियोमा बुढाथोकीलाई हतकडी लगाइएको देखिएपछि विभिन्न सामाजिक सञ्जालहरूमा विवाद उत्पन्न भएको थियो। यस सम्बन्धमा थाई-नेपाली संघ, बैंकक शाखाले स्पष्टिकरण जारी गर्दै घटनाको पृष्ठभूमिबारे जानकारी दिएको छ।

संघका अनुसार, ओम प्रकाश बुढाथोकीकी पत्नीको सवारी दुर्घटनामा निधन भएपछि क्षतिपूर्ति प्राप्त गर्ने विषयमा विवाद उत्पन्न भएको थियो। म्यानमार दूतावासबाट प्राप्त प्रमाणपत्रअनुसार मृतककी पहिलो विवाहबाट जन्मेका छोरालाई कानुनी रूपमा क्षतिपूर्ति दिने निर्णय भएको थियो। यद्यपि मृतकको दोस्रो विवाहबाट जन्मेका जुम्ल्याहा छोरीहरूलाई समेत संघले ३ लाख च्याट् (म्यानमार मुद्रा) पठाएको जानकारी गराइएको छ।

यसका अतिरिक्त, ओम प्रकाशले टिकटोकमा आर्थिक समस्याको उल्लेख गर्दै भिसा नवीकरणमा कठिनाइ भएको भन्दै सहयोग मागेपछि संघले ३०,००० थाई भाट आर्थिक सहायता पनि प्रदान गरेको थियो। तर बुढाथोकीले सम्पूर्ण क्षतिपूर्ति रकम आफूलाई दिनुपर्ने माग गर्दै संघका पदाधिकारीहरूमाथि आरोप लगाउँदै आएका थिए।

घटनाको दिन उनले संघको सामाजिक भवनमा प्रवेश गरी खुकुरी हातमा लिएको CCTV फुटेजमा देखिएको र त्यही बेला एक बालिका र बच्चा खेलिरहेको देखिएकोले सुरक्षाको कारण भवनको फलामे ढोका बन्द गरिएको जानकारी संघले दिएको छ।

संघका अनुसार यसअघि पनि ओम प्रकाशले मदिरा सेवनको क्रममा अर्का युवकमाथि बोतलले टाउकोमा आक्रमण गरेका थिए, जसका कारण ती युवा अझै अचेत अवस्थामा अस्पतालमा उपचाररत छन्।

संघले यस्तो दोहोरिँदो आक्रमण, अपशब्द प्रयोग र हिंसात्मक व्यवहारको समाजबाट नियन्त्रण सम्भव नभएकाले प्रचलित थाई कानुन अनुसार कारबाही गरिने स्पष्ट पारेको छ।

साथै संघले घटनाको वास्तविकता नबुझी सामाजिक सञ्जालमा अफवाह नफैलाउन आग्रह गर्दै सत्य बुझ्न चाहनेले सम्बन्धित पदाधिकारीहरूसँग प्रत्यक्ष सम्पर्क गर्न सकिने जानकारी दिएको छ।

सेयर: 190
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
2
+1
0
+1
0
+1
1
+1
0
+1
0
मौसम
24°C
Kathmandu
drizzle
24° _ 24°
94%
3 km/h
मंगल
23 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
26 °C
शनि
25 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ