Ad imageAd image

२०८४ साल अघि नै नेपालका वाम शक्तिबिच एकता:झलनाथ खनाल

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

इलाम । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले २०८४ साल अघि नै नेपालका वाम शक्तिबिच एकता हुने बताउनुभएको छ ।

इलाम क्षेत्र नं. २ को उपनिर्वाचन कार्यक्रममा सहभागी हुन आउने क्रममा शुक्रवार फिक्कलमा पत्रकार भेटघाट गरी पूर्व प्रधानमन्त्री खनालले वाम एकाको सुरु अहिलेको सरकार गठनबाट भइसकेकाले २०८४ को आम निर्वाचन अघि नै देशका वाम शक्ति एकीकरण हुने बताउनुभएको हो ।

पूर्व प्रम खनालले बाम एकताको कार्यदिशा आफैंले अगाडि बढाएको र त्यही अनुरूप अहिले सरकार गठन भएको बताउनुभयो । उहाँले नयाँ सरकार गठनसँगै आम नागरिकमा उत्साह जगाएको बताउनुभयो ।

- Advertisement -
Ad imageAd image

नेता खनालले फरक प्रसङगमा देश ठुलो सङ्कटमा रहेको बताउनुभयो । आर्थिक, तरलता , राजनीति अस्थिरता , चरम भ्रष्टाचार र युवा पयायनका कारण देश सङ्कटमा परेको उहाँको भनाइ छ ।

उहाँले आम नागरिक निराश भएको बेला बनेको नयाँ समीकरणको प्रचण्ड नेतृत्व सरकारले जनमुखी काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वैशाख १५ गते इलाम २ मा हुने उपचुनावमा आफ्नो पार्टीको छुट्टै उम्मेदवार रहने प्रस्ट पार्नुभयो ।

इलाम २ मा नेकपा एसले युवा उम्मेदवार जित बहादुर राईलाई अघि सारेको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
broken clouds
22° _ 22°
64%
5 km/h
मंगल
22 °C
बुध
21 °C
बिहि
24 °C
शुक्र
24 °C
शनि
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ