Ad imageAd image

पाँच तलाबाट हाम फाल्दा व्यापारीको मृत्यु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । कैलालीको धनगढीका एक व्यापारीले आफ्नो घरको पाँच तलाबाट हाम फाल्दा ज्यान गएको छ । धनगढी उपमहानगरपालिका–४ का ५३ वर्षीय सन्तोष अग्रवालको उपचारको क्रममा ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सन्दिप स्टोरका सञ्चालक अग्रवालले आज आफ्नो घरको पाँचौ तलाबाट जमिनमा हाम फाल्नु भएको थियो ।

घरको छतबाट हाम फालेका व्यापारी अग्रवाललाई उपचारका लागि तत्काल नवजीवन अस्पतालमा लगिएकोमा उपचारको क्रममा उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कुलदीप चन्दले जानकारी दिनुभयो । अग्रवाल कस्मेटिक व्यापार गर्दै आएको जनाइएको छ ।

उहाँले के कति कारणले घरको छतबाट हाम फालेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । घरको माथिल्लो तल्लास्थित छतमा पुगेका अग्रवाललाई आसपासका स्थानीयले त्यसो नगर्न आग्रह गर्दा पनि अटेर गरेर हाम फालेको जनाइएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
moderate rain
25° _ 25°
82%
1 km/h
बुध
24 °C
बिहि
22 °C
शुक्र
25 °C
शनि
24 °C
आइत
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ