Ad imageAd image

साढे १६ लाख स्मार्ट कार्ड खरिदका लागि गरेको टेण्टर रद्द

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । यातायात व्यवस्था विभागले साढे १६ लाख स्मार्ट कार्ड खरिदका लागि गरेको टेण्टर आह्वान रद्द गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार टेण्डर आह्वान चाररपाँच दिन अघि नै रद्द गरिएको हो।

साढे १६ लाख स्मार्ट कार्ड खरिदको लागि गरेको बोलपत्रमा मिलेमतो भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छानबिन थालेको अवस्थामा बोलपत्र आह्वान रद्द गरिएको छ।

यातायात व्यवस्था विभागका महानिर्देशक रिजाल मिलेमतो भएर टेण्डर रद्द नगरिएको बताउनुहुन्छ। टेण्डर परेका कम्पनीले पेश गरेका कागजपत्र पूर्ण नभएकले टेण्डर रद्द गरिएको उहाँ बताउनुहुन्छ। उहाँले भन्नुभयो, “मिलेमतो भएर टेण्डर रद्द गरिएको होइन, प्रस्ताव पेश परेका कम्पनीले पूर्ण कागपत्र पेश नगरेको पाइएकाले टेण्डर रद्द गरिएको हो।”

मूल्याङकन समितले दिएको प्रतिवेदनका आधारमा ठेक्का रद्द गरिएको उहाँ बताउनुहुन्छ। दुई कम्पनीले मात्र टेण्डर भरेका थिए। दुई कम्पनीको नै कागजपत्र अपुग भएको पाइएकाले टेण्डर रद्द गरिएको महानिर्देशक रिजाल बताउनुहुन्छ।

- Advertisement -
Ad imageAd image

उहाँले भन्नुभयो, “दुई कम्पनीले मात्र टेण्डर भरेका थिए। पहिले सातरआठ कम्पनीले भर्नका लागि रकम जम्मा गरेको भए पनि अन्तिमसम्म दुई कम्पनीले मात्र टेण्डर भरेका थिए। दुवैको कागजपत्र पूर्ण नभएर टेण्डर रद्द गरिएको छ।”

अब फेरि अर्को टेण्डर कहिले खुलाउने यकिन नभएको उहाँको भनाइ छ। अब खरिदको प्रक्रिया प्रदेशलाई नै दिने योजना बनाइरहेको उहाँले बताउनुभयो। ठेक्का प्रक्रियामा ‘सेटिङ’ भएकाले प्रतिस्पर्धालाई सीमित पारी अन्य आवेदकले फारमसमेत भर्न नपाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।

सोही उजुरीका विषयमा छानबिन गरी जानकारी गराउन अख्तियारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उजुरीसहित पत्राचार गरेको थियो। त्यसपछि मन्त्रालयले उपसचिव विनोद खड्काको संयोजकत्वमा इन्जिनियर दिनेश अधिकारी र लेखा अधिकृत फिरोज आलमसहितको तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
light rain
20° _ 20°
96%
1 km/h
शुक्र
25 °C
शनि
25 °C
आइत
23 °C
सोम
24 °C
मंगल
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ