Ad imageAd image

छ मन्त्रालयको कार्यभार मुख्यमन्त्री जम्कट्टेललाई

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

हेटौँडा,। बागमती प्रदेश सरकारबाट नेपाली कांग्रेस अलग्गिएसँगै कांग्रेसका मन्त्रीहरूले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारीसमेत मुख्यमन्त्री शालिकराम जम्कट्टेलमा आएको छ । कांग्रेसबाट मन्त्री बनेका छ जनाले सामूहिक राजीनामा दिएसँगै ती छ वटा मन्त्रालय मुख्यमन्त्री जम्कट्टेलको जिम्मेवारीमा आएको हो ।

कांग्रेसबाट मन्त्री हुनुभएका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामा (तामाङ), खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामा, उद्योग, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन, स्वास्थ्यमन्त्री उत्तम जोशी र वन तथा वातावरणमन्त्री मसिना खड्काले सामूहिक रूपमा बुधबार साँझ राजीनामा दिनुभएको थियो ।नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (क) बमोजिम कांग्रेसबाट मन्त्री भएकाहरूले पदबाट राजीनामा दिएसँगै मुख्यमन्त्री जम्कट्टेलले राजीनामा स्वीकृत गर्नुभएको थियो ।राजीनामापछि मुख्यमन्त्रीको सिफारिसमा आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, स्वास्थ्य मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको कार्यभार मुख्यमन्त्री जम्कट्टेलले सम्हाल्ने गरी तोक्नु भएको बागमती प्रदेश प्रमुखको कार्यालय, हेटौँडाका प्रवक्ता गोविन्दप्रसाद पौडेल जनाउनुभएको छ ।

कांग्रेसका मन्त्रीहरूको राजीनामासँगै कांग्रेसले नेकपा माओवादी केन्द्रका नेता जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ । कांग्रेसले नेपालको संविधानको धारा १८८ को उपधारण २ अनुसार जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको कांग्रेसले जनाएको छ ।

- Advertisement -
Ad imageAd image
सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
28°C
Kathmandu
scattered clouds
28° _ 28°
51%
4 km/h
मंगल
28 °C
बुध
30 °C
बिहि
31 °C
शुक्र
31 °C
शनि
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ