Ad imageAd image

मानव ओसारपसार विरुद्ध नेपाल–भारत सिमा जमुनाहा नाकामा सामुहिक प्रतिबद्धता

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बाँके । बाँकेको नेपालगञ्जमा बिभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरेर माइती नेपालको ३२ औं स्थापना दिवस मनाइएको छ ।

“हाम्रो आवाज चेलिबेटी बेचबिखनबाट मुक्त समाज” भन्ने मूल नाराका साथ स्थापना भएको माइती नेपालले मानव बेचबिखन तथा ओसारपसार विरुद्ध नेपाल–भारत सिमा जमुनाहा नाकामा सामुहिक प्रतिबद्धता यात्रासहित पोष्टर पम्पलेट टाँस्नुका साथै नाकामा आवागमन गर्नेलाई पम्पलेट वितरण गर्दै ब्यानर प्रदर्शन गरेर स्थापना दिवस मनाएको छ ।

पश्चिम नेपालकै सबैभन्दा ठुलो र मानवबेचबिखनका लागि अत्यधिक जोखिमपूर्ण मानिने यो नाकामा विशेष सचेतनामूलक अभियान सञ्चालन गरिएको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले बताउनुभयो ।

उहाँले लामो समयदेखि सयौं नेपाली चेलीलाई बिक्री हुनबाट यसै नाकाबाट जोगाइएको जनाउँदै नाकामा सतर्कता निकै बढाइएको बताउनुभयो ।

- Advertisement -
Ad imageAd image

यस्तै सोही अवसरमा कोहलपुर नगरपालिका वडा नं—१ कौशिलानगरमा चेतनामूलक सडक नाटक ‘भूल’ प्रर्दशन गरिएको छ । सडक नाटकमार्फत दलालहरुले के कस्ता तरिका अपनाई महिला तथा बालबालिकालाई झुक्याउने गरेका छन् र त्यस्ता दलालबाट कसरी बच्ने भन्ने जानकारी गराउँदै स्थानीय सरकार एवं स्थानीय समुदायको भूमिका प्रष्ट्याइएको थियो । कोहलपुरस्थित समाज सेवा संस्थाका अध्यक्ष विनोद थापाको अगुवाइमा सो नाटकमा प्रदर्शन भएको थियो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
clear sky
22° _ 22°
69%
आइत
28 °C
सोम
32 °C
मंगल
32 °C
बुध
31 °C
बिहि
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ