Ad imageAd image

सिप मेलाका ‘साझेदारसँग सहकार्य सम्झौता’ सम्पन्न

थाइल्याण्ड नेपाल डटकम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सिप मेला सञ्चालनका साझेदारसँग सहकार्य सम्झौता गरेको छ ।

मेला व्यवस्थापन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाको रोहबरमा मेला सञ्चालनका लागि संघसंस्थाका प्रतिनिधि र मेलाको व्यवस्थापक गतिशील अभियानका अधिकारीबिचमा सामाजिक उत्तरदायित्वअन्तर्गतको सहकार्य सम्झौता पत्रमा हस्ताक्षर तथा आदान प्रदान भएको हो । इभेन्ट म्यानेजमेन्टका लागि गतिशील अभियानसँग यस अघि नै सम्झौता गरिसकेको थियो ।

मेलाको सहआयोजकका रुपमा महानगरपालिकाले नेपाल तालिम तथा व्यवसायी महासंघ र निजी संघसंस्थाहरुमा एनसेल, जगदम्बा मोटर्स, गोर्खा व्रुअरी, नेपाल लाइफ इन्स्योरेन्स, आइ.एन.जी. ग्रुप, के.एल. दुगड, पद्म ज्योती ग्रुप, एम.एड.ब्लु ग्रुप, अग्नि इन्टरप्राइजेज र काठमाडौँ मोडेल कलेज छन् ।

संयोजक झाका अनुसार नेपाल उद्योग वाणिज्य महासंघ, गोल्छा ग्रुप र सूर्य नेपालसँग सहकार्यका लागि सहमति भइसकेको छ ।

- Advertisement -
Ad imageAd image

तालिम संयोजक देवेन्द्र के.सी का अनुसार प्रशिक्षण साझेदारहरुमा मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (इमआइटी), ड्रोन हव, इञ्जिनियर्स भ्लग, स्लिङ्टन कलेज, मिथिला थाली, गेट कलेज, ताली एजुकेसन एण्ड रिसर्च, बागमती एजुकेसन कन्सल्टेन्सी, गरिमा ट्रेनिङ् इन्स्टिच्युट, इ थ्री सेल्स एण्ड सर्भिसेस, नेपाल उद्यमी विकास परामर्श केन्द्र, नेपाल स्थानीय तयारी पोशाक संघ, ओम अप्रायल, ट्रेस, क्वालिटी मल्टिपर्पोज, नेपाल कपडा तथा सिलाइ संघ, बडीमालिका मल्टिपर्पोज, गल्फ इन्टरनेशनल ट्रेनिङ् इन्स्टिच्युट, गण्डकी पोलीटेक्निक इन्स्टिच्युट, वल्र्ड वाइड टेक्निकल प्रा. लि., ट्रेड लिङ्क टेक्निकल इन्स्टिच्युट सहितका तालिम प्रदायक संघसंस्था छन् ।

यस्तै पोखरा भ्याली टेक्निकल ट्रेनिङ् इन्स्टिच्युट, स्किल्स होम मेटल, प्राइम इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट एण्ड इञ्जिनियरिङ्, नेशनल इम्प्लोइमेन्ट ट्रेनिङ् सेन्टर, अग्नि ग्रुप, जगदम्बा मोटर्स, नेपाल हस्तकला महासंघ, नमस्ते नेपाल प्राविधिक शिक्षालय, फ्लोरिकल्चर एशोसिएसन अफ नेपाल, पर्फेक्ट म्यानपावर ट्रेनिङ् सेन्टर, श्रृङ्गार घर प्रा. लि., इन्टरनेशनल पोली टेक्निक प्रा. लि., शिवशक्ति ट्रेनिङ् सेन्टर, माण्डु मो, सिकिन्छ एकेडेमी प्रशिक्षण साझेदार रहेका छन् । डिजिटल पार्टनरमा युरानस टेक रहेका छन् । जेठ ७ गतेदेखि सञ्चालन भएको मेलामा १० क्षेत्रका ३७ पेशासँग सम्बन्धित तालिम सञ्चालन भइरहेका छन् । 

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
overcast clouds
21° _ 21°
97%
शुक्र
25 °C
शनि
25 °C
आइत
27 °C
सोम
24 °C
मंगल
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ