Ad imageAd image

उम्मेदवारको टुंगो लगाउन कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको टुंगो नलागेपछि आज पनि नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दैछ ।

यसअघि हिजो साँझ बसेको बैठकमा सभापति शेरबहादुर देउवा र शेखर–गगन पक्षबिच उम्मेदवार चयनमा विवाद भएपछि कुनै निर्णय लिइएको थिएन ।

सभापति देउवाले बैठकमा इलाम–२ मा डम्बर खड्का र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र १ मा अभिषेक सिंहलाई उम्मेदवारका रूपमा प्रस्ताव गर्नुभएको छ ।

सभापति देउवाको प्रस्तावमा नेता शेखर कोइराला र महामन्त्री गगन थापाले असहमति जनाएपछि उम्मेदवारको टुङ्गो लाग्न नसकेको हो ।

- Advertisement -
Ad imageAd image

कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार आज दिउँसो २ बजे उम्मेदवार टुङ्ग्याउन पुनः बैठक बस्नेछ । कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्न अपराह्न ४ बजे संसदीय बोर्डको बैठक बस्ने छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
27°C
Kathmandu
scattered clouds
27° _ 27°
57%
3 km/h
शनि
25 °C
आइत
30 °C
सोम
30 °C
मंगल
29 °C
बुध
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ