कांग्रेस सभापति देउवाले भनेः पार्टीलाई एकताबद्ध बनाउँछु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बागलुङ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताउनुभएको छ । उहाँले अवसर नपाएकालाई अवसर दिने र नीति सिद्दान्तमा रहेर काम गरेकालाई सम्मान गर्ने बताउनुभयो । सोमबार कांग्रेसको दोश्रो पर्वत जिल्ला सम्मेलनमा सभापति देउवाले एकले अर्कोलाई हराउने प्रतिस्पर्धामा लाग्दा बलियो पार्टी बनाउन नसकिने बताउनुभयो ।

‘एकले अर्काको खुट्टा तानेर सफल भईदैन, मिलेर काम गर्नुपर्छ,’ देउवाले भन्नुभयो, ‘फेरि पनि कांग्रेसलाई ठूलो दल बनाएर छाड्छौं ।’ समानुपातिक र समावेशी सिद्दान्तका कारण एकैदलको बहुमत नआएकोले गठबन्धन गरेको स्पष्ट पार्दै सभापति देउवाले एक्लै बहुमत आउने अवस्था आए कांग्रेस एकल निर्वाचनमा जाने समेत बताउनुभयो । सभापति देउवाले राष्ट्रियसभामा पनि आफ्नो दलकै बहुमत सदस्य लिएर गठबन्धनमा गएकोले कार्यकर्ताले बिरोध गर्नु नपर्ने बताउनुभयो । ‘चुनौतीहरु सामना गरेर जानुपर्छ, त्यसैले कांग्रेसले गठबन्धन गरेको हो,’ उहाँले भन्नुभयो, ‘राष्ट्रका कतिपय चुनौती मिलेर समाधान गर्नुपर्छ ।’

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
broken clouds
23° _ 23°
94%
3 km/h
मंगल
28 °C
बुध
24 °C
बिहि
24 °C
शुक्र
26 °C
शनि
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ