Ad imageAd image

संघीय संसदका दुबै सदनमा प्रभावकारी भूमिका निभाउन कांग्रेस सभापति देउवाको निर्देशन

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको आज बसेको बैठकले संसद् तथा संसदीय समितिका बैठकहरूमा नियमित रुपमा उपस्थित भई प्रभावकारी भूमिका खेल्न सांसदहरूलाई निर्देशन दिएको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको काँग्रेस संसदीय दलको बैठकले संसद् तथा संसदीय समितिका बैठकहरूमा सांसदहरूको न्यून उपस्थिति रहने र गणपुरक सङ्ख्या समेत नपुग्दा बैठकहरू प्रभावित हुने विगतको अनुभवका आधारमा पार्टीका सबै सांसदहरूलाई नियमित रुपमा बैठकमा उपस्थित हुन निर्देशन दिएको काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

बैठकले सदन चलिरहेको अवस्थामा सांसदहरूलाई काठमाडौँ उपत्यका नछाड्न र अत्यावश्यक कामका लागि उपत्यका छाड्नुपर्ने भएमा प्रमुख सचेतकको लिखित अनुमति लिएर मात्रै छाड्न समेत निर्देशन दिएको प्रमुख सचेतक लेखकले बताउनुभयो । नेपाली काँग्रेस संसदीय दलको बैठकले संसदीय समितिका बैठकहरूमा विभागीय मन्त्रीहरू अनिवार्य उपस्थित हुने व्यवस्था मिलाउन र विधेयकहरू चाँडोभन्दा चाँडो संसद्मा पेस गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले संसदमा विचाराधीन विधेयकहरू यसै अधिवेशनमा पारित गर्ने गरी छलफललाई अगाडि बढाउन सरकार तथा सबै राजनीतिक दलहरूलाई आग्रह गर्ने निर्णय भएको प्रमुख सचेतक लेखकले बताउनुभयो । यस्तै आजको बैठकले प्रतिनिधिसभाको विभिन्न १० वटा विषयगत समितिको संयोजक पनि तोकेको छ ।

- Advertisement -
Ad imageAd image

प्रमुख सचेतक लेखकले दिनुभएको जानकारी अनुसार नेपाली काँग्रेसले अर्थ समिति संयोजकमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नारायण खड्का, उद्योग वाणिज्य तथा श्रम रोजगार उपभोक्ता हितमा रमा कोइराला शर्मा पौडेल, कानून न्याय तथा मानव अधिकारमा नागिना यादव, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा कुसुमदेवी थापा, महिला तथा सामाजिक मामिलामा आशा विकलाई संयोजक तोकेको छ ।

यस्तै राज्य व्यवस्था सुशासन समितिमा दिलेन्द्रप्रसाद बडू, पूर्वाधार विकास समितिमा दिनेशकुमार यादव, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा लीलादेवी बोकिम र सार्वजनिक लेखा समितिमा श्यामकुमार घिमिरेलाई संयोजक तोकिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । संघीय संसद्को हिउँदे अधिवेशन यही माघ २२ गते सोमबारदेखि सुरु हुँदै छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
82%
शनि
28 °C
आइत
32 °C
सोम
31 °C
मंगल
32 °C
बुध
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ