Ad imageAd image

कांग्रेसले संसदमा आफ्नो माग यथावत राख्ने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग यथावत् राख्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले गृहमन्त्रीको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग यथावत राख्ने निर्णय गरेको हो ।

बैठकले भोलि बस्ने प्रतिनिधिसभामा कसरी प्रस्तुत हुने भन्ने निर्णय भने भोली बस्ने संसदीय दलको बैठकले गर्ने एक नेताले बताए । कांग्रेसले भोलि बिहान ८ बजे संसदीय दलको बैठक बोलाएको छ ।

त्यही बैठकबाट संसद्‌मा आफ्नो भूमिका प्रस्ट गर्ने जनाएको हो । कांग्रेसको आजको बैठकमा राष्ट्रियसभाको रिक्त उपाध्यक्ष पदबारे पनि छलफल भएको छ । त्यस्तै निजामती कर्मचारी विधेयकलगायत विषयमा पनि छलफल भएको नेताहरुले जनाएका छन ।

- Advertisement -
Ad imageAd image

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
overcast clouds
21° _ 21°
76%
1 km/h
शनि
29 °C
आइत
30 °C
सोम
31 °C
मंगल
32 °C
बुध
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ