Ad imageAd image

धनुषाको रमदैयामा प्रदेशकै सबै भन्दा ठूलो र अत्याधुनिक वाटरपार्क निर्माण

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

जनकपुर । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका १ स्थित रमदैयामा वण्डरलैण्ड वाटरपार्क निर्माण गरिएको छ ।

३ लाख स्कवायर फिट क्षेत्रफल रहेको उक्त वाटरपार्कमा मल्टिलेनस्लाइड टू लेन, वडीवेभ स्लाइड, हाइस्पीड वडी स्लाइड, ओपेन वडी टर्निगं स्लाइड, ओपेनफलोट स्लाइड, वेभ पुल, रैन डान्स, फाइभ प्लैटर्फम वाटर प्लेसिस्टम, ट्टस एक्टीभिटी, सिक्स डिफरेन्ट सावर, फूड कोर्ट, पार्टी हाँल लगायतको सुविधा रहेको छ ।

सो वाटरपार्कको भोलि शुक्रवार बिहान ११ बजे नेपाली सिने क्षेत्रका चर्चित अभिनेत्री प्रियंका कार्कीको विशेष उपस्थितिमा उद्घाटनको कार्यक्रम राखिएको जानकारी जानकी फन पार्क एण्ड रिसोर्ट प्रालिका प्रबन्ध निर्देशक गुड्डु जैनले दिएका छन् । उद्घाटन पूर्व आज पत्रकार सम्मेलन गरी पार्कको अवस्था सम्बन्धमा जानकारी गराइएको छ ।

मधेश प्रदेशमा सबैभन्दा राम्रो बनाइएको सो पार्कमा धनुषा, महोत्तरी, सिरहा सहित मधेश प्रदेशका सबै जिल्लाका साथै सीमावर्ती क्षेत्रबाट पनि निकै संख्यामा मनोरञ्जन गर्न मानिसहरु आउने अपेक्षा गरिएको छ ।

- Advertisement -
Ad imageAd image

वाटरपार्क बिहान १० बजेर ३० मिनेटमा खुल्नेछ र बेलुकी ५ बजेसम्म दैनिक सञ्चालनमा रहनेछ । सिद्धार्थ बैंक लिमिटेडको ऋण सहयोगमा निर्माण भइरहेको वाटरपार्कमा अहिलेसम्म १२ करोड ५० लाख खर्च भइसकेको छ । वाटरपार्कमा जानका लागि टैक्स सहित ९ सय ५० रुपैया प्रति व्यक्ति लाग्नेछ ।

पानीको स्वच्छता कायम राख्न ४ वटा वाटर ट्रिटमेन्ट जडान गरिएको जानकारी जानकी फन पार्क एण्ड रिसोर्ट प्रालिका निर्देशक अभिशेष गोयन्काले दिएका छन् ।

वाटरपार्कमा आउनेहरुलाई न्यूनतम शुल्कमा कस्टुमपनि उपलब्ध गराइनेछ ।

वाटरपार्कको रेस्टुरेन्ट कम्पलेक्समा रिसोर्ट, बैन्केट हाँल, बच्चाहरुका लागि प्ले जोनको निर्माण कार्य पनि भइरहेको छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
scattered clouds
26° _ 26°
65%
5 km/h
सोम
25 °C
मंगल
29 °C
बुध
27 °C
बिहि
29 °C
शुक्र
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ