दुई शतकका बाबजुद अफगानिस्तान श्रीलंकासँग पराजित

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

एजेन्सी । आजमतुल्लाह ओमरजाई र मोहम्मद नाबीको सानदार शतकका बाबजुद अफगानिस्तान पहिलो ओडीआई खेलमा घरेलु टोली श्रीलंकासँग ४२ रनले पराजित भएको छ । योसँगै तीन खेलको सिरिजमा श्रीलंकाले १-० को अग्रता लिएको छ ।

जितको लागि ३८२ रनको विशाल विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले ५० ओभरमा ६ विकेट गुमाउँदै ३३९ रन बनाउन सक्यो । ओमरजाई ११५ बलमा १३ चौका र ६ छक्कासहित १४९ रनमा नट आउट रहेपनि जिताउन पर्याप्त रहेन । मोहम्मद नाबी १३० बलमा १५ चौका र ३ छक्कासहित १३६ रनमा आउट भए ।

अन्य अफगानि ब्याटरको प्रदर्शन सम्झन लायक रहे । एक समय ५५, ५ को दयनीय अवस्थामा पुगेको अफगानिस्तानलाई छैटौं विकेटका लागि नाबी र ओमरजाईले २४२ रनको साझेदारी गर्दै खेललाई रमाइलो बनाएका थिए । श्रीलंकाका प्रमोद मदुशानले १० ओभरमा ७५ रन खर्चेर ४ विकेट लिए ।

दुश्मन्था चमिराले ७.३ ओभरमा ५५ रन खर्चेर २ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभरमा ३ विकेट गुमाउँदै ३८१ रन बनाएको थियो । श्रीलंकाको जितमा पाथुम निसांका १३९ बलमा २० चौका र ८ छक्कासहित २१० रनको अविजित दोहोरो शतकीय इनिङ खेले ।

निसांका ओडिआईमा दोहोरो शतक हान्ने श्रीलंका पहिलो खेलाडी बनेका छन् । यसअघि सन् २००० मा सनाथ जयसूर्याले भारतविरुद्ध १८९ रन नै श्रीलंकाका ब्याटरको ओडिआईमा एकै खेलमा सर्वाधिक रन थियो । श्रीलंकालाई ओपनर पाथुम निसांका र अविष्का फ्रेनान्डोले २६.२ ओभरमा १८२ रनको दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।

फ्रेनान्डो ८८ बलमा ११ चौका र ३ छक्कासहित ८८ रन, कुशल मेन्डिस १६, सदिरा समाराविक्रमा ४४ र चरिथ असलंकाले ७ रन बनाए । अफगानिस्तानका फरिद अहमद २ र मोहम्मद नाबीले १ विकेट लिए । दोस्रो खेल आइतबार र तेस्रो खेल बुधबार हुनेछ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
29°C
Kathmandu
few clouds
29° _ 29°
15%
1 km/h
बिहि
30 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
32 °C
सोम
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ