Ad imageAd image

विकास हाइड्रोपावरको आईपीओ आजदेखि खुला, पहिलो चरणमा प्रभावित बासिन्दा र विदेशमा रहेका नेपालीले आवेदन दिन सक्ने

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

विकास हाइड्रोपावर लिमिटेडले आज (२०८२ जेठ ६ गते) देखि आफ्नो पहिलो चरणको निष्कासन सुरु गरेको छ।
यो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई लक्षित गरिएको छ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएअनुसार, कम्पनीले ४९% अर्थात् ४४ लाख ५४ हजार ५९६ कित्ता साधारण सेयर निष्कासन गर्दैछ।
त्यसमध्ये ९ लाख ९ हजार १०१ कित्ता सेयर गोरखा जिल्लाको धार्चे गाउँपालिका भित्र स्थायी बासोबास गर्ने बासिन्दाहरूका लागि छुट्याइएको हो।

कम्पनीले विदेशमा कार्यरत नेपालीका लागि पनि छुट्टै ३,५४,५५० कित्ता सेयर छुट्याएको छ।
विदेशबाट आवेदन दिने अन्तिम म्याद जेठ २० गतेसम्म मात्र तोकिएको छ।

कम्पनीले निर्माण गरेको ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ११ करोड रुपैयाँभन्दा बढी रहेको छ।

- Advertisement -
Ad imageAd image

यस आईपीओको सेयर निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मा प्रभु क्यापिटल लिमिटेडले लिएको हो।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
27°C
Kathmandu
overcast clouds
27° _ 27°
61%
3 km/h
सोम
27 °C
मंगल
27 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ