Ad imageAd image

बागमती खोलामा नुवाउने क्रममा डुबेर युवकको ज्यान गयो

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रौतहट ।  रौतहटको बागमती खोलामा नुवाउने क्रममा डुबेर एक युवकको ज्यान गएको छ । बागमती खोलाको किनारमा नदिजन्य पदार्थ उत्खनपछि बनेको खाडलमा जमेको पानीमा डुबेर युवकको ज्यान गएको हो ।

वृन्दावन नगरपालिका वडा नम्बर १ तमाङ बस्तीका १८ वर्षीय अर्जुन प्रजाको ज्यान गएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ । अत्याधिक गर्मी भएपछि नुवाउन युवक नजिकको बलेरी स्थित बागमती खोलामा पुगेको स्थानीय बताउँछन् । स्थानीयवासीका अनुसार उत्खननपछि बनेको गहिरो खाडलमा जमेको पानीमा नुवाउने क्रममा प्रजाको मंगलवार बेलुका ज्यान गएको हो ।

खाडलको औसत गहिराई पाँचदेखि ६ फिट मात्र रहेको देखिन्छ । घटनापछि मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ । यस घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सेयर: 9
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
moderate rain
22° _ 22°
94%
शनि
28 °C
आइत
24 °C
सोम
25 °C
मंगल
21 °C
बुध
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ