Ad imageAd image

अर्थतन्त्र सुदृढ बन्छः मन्त्री महत

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

वीरगञ्ज । अर्थमन्त्री डा. प्रकाश शरण महतले मुलुकको अर्थतन्त्र सुदृढ बन्दै गएको हुँदा चिन्ता गर्ने अवस्था नरहेको बताउनुभएको छ ।

बाराको महागढीमाई नगरपालिका कार्यालयको प्रशासनिक भवनको आज एक कार्यक्रमबिच समुद्घाटन गर्दै अर्थमन्त्री डा.महतले बारा जिल्ला कृषिको हब भएको हुँदा व्यवसायीक कृषि क्षेत्रको विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले उद्योग व्यवसाय तथा कृषि क्षेत्रमा बारा जिल्लाको महत्वपूर्ण योगदान रहेको बताउँदै वीरगञ्ज पथलैया औद्योगिक करिडोरका उद्योगहरूको संरक्षण र प्रवर्द्धन गर्ने कार्यमा सरकार पछि नहट्ने दाबी गर्नुभयो ।

महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं सांसद अजय चौरसिया, प्रदेश सभा सदस्य श्याम पटेल लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

- Advertisement -
Ad imageAd image

आजै अर्थमन्त्री डा.प्रकाशशरण महतले बाराको सिम्रौनगढ स्थित छोटी भन्सार नाकाको स्थलगत अवलोकन र निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सीमा क्षेत्रबाट हुने गरेको तस्करी नियन्त्रणका लागि राज्यका सबै संयन्त्र एकीकृत ढंगले लाग्नुपर्नेमा जोड दिनुभयो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
29°C
Kathmandu
few clouds
29° _ 29°
42%
4 km/h
मंगल
29 °C
बुध
30 °C
बिहि
29 °C
शुक्र
21 °C
शनि
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ