Ad imageAd image

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने विरुद्ध आजपनि कांग्रेसको सदनलाई ध्यानाकर्षण

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । संसदमा नेपाली कांग्रेसले आज पनि रबि लामिछानेको विरुद्दमा ध्यानाकर्षण गराएको छ ।

कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको नाम सहकारी संस्थाको रकम अपचलनमा नाम मुछिएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग दोहोर्‍याएको हो ।

रास्वपा सभापति लामिछाने गृहमन्त्री हुनासाथ छानबिन प्रक्रिया रोकिएको भन्दै कांग्रेसले यसबाट विश्वासको संकट उत्पन्न भएको जनाएको छ।आजको प्रतिनिधि सभाको बैठकको सुरुमा बोल्दै कांग्रेसका सांसद रामकृष्ण यादवले आरोप टुंग्याउन सहयोग गर्नु पर्ने बताउँनु भयो ।

उहाँले भन्नभयो: विगतमा सहकारीको पैसा अपचलनमा लामिछानेको नाम जोडिएर सार्वजनिक हुँदा तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी प्रमुखले संसदीय समितिको बैठकमा छानबिन भइरहेको बताएको तर अहिले छानबिन प्रक्रिया अवरुद्ध भएको सांसद यादवको भनाई छ। छानबिन प्रक्रिया रोकिँदा विश्वासको संकट उत्पन्न भएको उहाँले बताउनु भयो ।

- Advertisement -
Ad imageAd image
सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
clear sky
17° _ 17°
100%
2 km/h
आइत
19 °C
सोम
25 °C
मंगल
25 °C
बुध
25 °C
बिहि
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ