काठमाडौं । संघीय संसद प्रतिनिधिसभा उपसभामुख इन्दिरा राणाले थाइल्याण्डमा बसोबास गर्ने नेपालीहरु तथा थाइ नेपाली भाषीका पक्षमा आफ्नो सधै सहयोग रहने बताउनुभएको छ।
![](https://thailandnepal.com/wp-content/uploads/2024/02/2-1024x576.jpg)
एनआरएन थाइल्याण्डका प्रतिनिधि लोकेन्द्र ओलीसँगको भेटमा रानाले नेपाल सरकार तथा आफु जहिले एनआरएनका पक्षमा रहेको बताउनुभयो ।
![](https://thailandnepal.com/wp-content/uploads/2024/02/3-1-1024x576.jpg)
उहाँले सरकारले विदेशमा रहेका नेपाली तथा एनआरएनलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने पक्षमा काम गरिरहेको भन्दै एनआरएनले नेपाली नागरिकता प्राप्त गर्नु उपलब्धि रहेको बताउनुभयो ।
भेटमा थाइल्याण्डमा रहेका नेपालीहरुको अवस्था, समस्या तथा समाधानकालागि आवश्यक सहयोगका विषयमा छलफल भएको थियो। भेटमा रास्वपाका सांसद तथा प्रमुख सचेतक सन्तोष परियार, डा।अधिवक्ता नारायप्रसाद घिमिरे लगायतको उपस्थिती रहेको थियो ।
![](https://thailandnepal.com/wp-content/uploads/2024/02/01-1024x576.jpg)