Ad imageAd image

रहस्यमय अवस्थामा शव फेला

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

हेटौँडा । हेटौँडा–१६, हटियाका ३८ वर्षीय मिलन दंगाल बागमती गाउँपालिका–८, देउतीभञ्ज्याङमा रहस्यमय अवस्थामा शव फेला परेका छन् ।

बुधबार बिहान हेटौँडा–सिन्धुली सडकखण्ड अन्तर्गत देउतीभञ्ज्याङस्थित सडक छेउको नालीमा उनको शव भेटिएको हो।

स्थानीयका अनुसार मृतकको शरीरमा चोट लागेको देखिन्छ र शव फेला परेको स्थान नजिकै रगत लतपतिएको अवस्थामा थियो। घटनाबारे खबर पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार  प्रारम्भिक अनुसन्धानका क्रममा मृतक दंगालसँगै रहेका दुई जनालाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको छ। स्थानीयले मंगलबार राति सोही क्षेत्रको एक होटलमा झगडा भएको जानकारी गराएका छन्।

हाल घटनाको कारणबारे स्पष्ट नखुलिएको भए पनि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइसकेको छ। शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेकाले दोषी ठहरिएमा कानूनी कारबाही अघि बढाइने प्रहरी प्रवक्ता अर्यालले बताएका छन्।

- Advertisement -
Ad imageAd image
सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
broken clouds
25° _ 25°
61%
4 km/h
सोम
25 °C
मंगल
27 °C
बुध
27 °C
बिहि
25 °C
शुक्र
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ