Ad imageAd image

गण्डकीमा सानो आकारको मन्त्री मण्डल विस्तार हुँदै

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

लेखनाथ।गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले सानो आकारको मन्त्री मण्डलसहित शपथ लिने तयारी गर्नुभएको छ।

प्रदेश प्रमुख कार्यालयका उपसचिव चण्डीप्रसाद अर्यालले आइतबार दिउँसो शपथ समारोहको तयारी भएको जानकारी दिनुभयो ।

माओवादी केन्द्रबाट एक जना र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई मन्त्री नियुक्त गर्ने तयारी भएको एमाले प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले जानकारी दिनुभयो। मन्त्री छान्न माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार दिउँसो संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो।

- Advertisement -
Ad imageAd image

त्यसअघि नेकपा एमाले संसदीय दलका नेता अधिकारीले एमालेका २२, माओवादीका सभामुखसहित आठ र स्वतन्त्र सांसद राजीव गुरुङ(दीपक मनाङे) सहित ३१ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्नुभएको थियो।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सत्ता गठबन्धनमा नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित आठ र स्वतन्त्र एक सांसद छन्।सदनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ र राप्रपाका दुई सांसद छन् ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चैत २१ गते राजीनामा दिनुभएको थियो।प्रदेश प्रमुख भट्टले २१ गते नै संविधानको धारा १६८ (२) अनुसार यही चैत २७ गते ३ बजेभित्र सरकारका लागि दाबी पेश गर्ने समय दिनुभएको थियो।यता, नेपाली कांग्रेसले भने मुख्यमन्त्री दाबी र नियुक्ति असंवैधानिक भएको दाबी गरेको छ।

कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुखलाई पत्र बुझाउँदै सभामुख गणनालाई मान्यता नदिन आग्रह गर्नुभएको थियो।सभामुखसहित गणना भएपछि कांग्रेस भने अदालतमा रिट पेश गर्ने तयारीमा रहेको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताउनुभयो।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
overcast clouds
21° _ 21°
88%
मंगल
26 °C
बुध
24 °C
बिहि
26 °C
शुक्र
26 °C
शनि
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ