Ad imageAd image

गृहमन्त्री रवि लामिछानेलेनागरिकको सुरक्षामा कुनै सम्झौता नहुने

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ, । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताउनुभएको छ ।

शनिवार नयाँ वर्षको अवसरमा काठमाडौँको थापाथलीस्थित सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग नयाँ वर्षको अवसरमा खुसीयाली साटासाट गर्न पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले जनताका सबै किसिमका गुनासाहरू यथोचित ढङ्गबाट समाधान हुने प्रतिबद्धता जनाउनुभयो । उहाँले कर्मचारीहरूमाथि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह बिना नै काम गर्ने वातावरण बनाइने पनि बताउनुभयो ।

उहाँले काठमाडौँ सहरलाई चलायमान र क्रियाशील बनाउन नयाँ वर्षबाट २४ सै घण्टा दरबार मार्ग र ठमेल क्षेत्र सञ्चालन गर्न लागिएको बताउनुभयो । उहाँले काठमाडौँ जिउँदो, जाग्दो सहर बनाउन आफूले काम गरिरहेको जिकिर गर्नुभयो ।

- Advertisement -
Ad imageAd image

उहाँले भन्नुभयो, ‘सबै गुनासाहरू यथोचित ढङ्गले सम्बोधन हुन्छ, म जानकार छु, यसमा सबै समस्या समाधान हुनेछन् । सेवा अवधि लगायत सबै विषयहरू एकमुष्ट रूपमा सम्बोधन हुन्छ ।

राष्ट्रसेवकहरूलाई कहीँ कतै अन्याय नपरोस्, सेवामा खटिएका सम्पूर्ण प्रहरी जवानदेखि माथिल्ला अफिसरसम्म कुनै अन्याय नहोस्, कसैमाथि पनि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह नहोस् । कसैले नेता चिन्नु पर्दैन, जनता चिने हुन्छ, नेताको चाकडी नभई जनताको सेवा गरे मात्रै सङ्गठन बलियो बन्छ भन्ने सुनिश्चितता हुनेछ ।

अतिरिक्त सुरक्षा व्यवस्था छ, व्यवस्थापन चुस्त बनाइएको छ । सबै जना सुरक्षित हुनुहुन्छ, त्यस कारण सहर जिउँदो छ, उज्यालो छ । सहरमा राति, बिहान, साँझ कतै जानुपर्दा सहरमा खुला ठाउँहरू छन्, सुरक्षित छन् भन्ने सन्देश हरेक देशले दिइरहेको छ, त्यो हुनुपर्छ, आजको बदलिँदो परिस्थितिमा सात, आठ बजे अँध्यारो हुने भन्ने हुँदैन, व्यापार व्यवसाय चलोस्, मानिसहरूको चहलपहल होस् ।

सुरक्षामा पनि बल मिल्छ, रातिको समयमा पेट्रोल हाल्ने ठाउँ पनि थिएन, हामीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पम्पहरू २४ सै घण्टा खुलेका छन् । अन्य पनि खुल्ने क्रममा छन् भन्ने सुनेको छु । त्यस कारणले चलायमान भए अर्थतन्त्र पनि चलायमान हुन्छ, रोजगारीका अवसर पनि हुन्छन् ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
clear sky
20° _ 20°
77%
1 km/h
सोम
29 °C
मंगल
32 °C
बुध
31 °C
बिहि
28 °C
शुक्र
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ