Ad imageAd image

निर्वाचन सम्बन्धी विधेयक तत्काल संसदमा पेस हुन्छ:गृहमन्त्री रवि लामिछाने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्वाचन सम्बन्धी विधेयक तत्काल संसदमा पेस गर्ने बताउनुभएको छ। आइतबार निर्वाचन आयोगका पदाधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले राजनीतिक दल सम्बन्धी विधेयक र निर्वाचन आयोग सम्बन्धी विधेयक तत्काल संसदमा पेस गर्ने बताउनुभएको हो।

उहाँले निर्वाचन आयोगले समग्र निर्वाचनमा प्रणालीमा देखिएको विकृति, विसङ्गतिको समस्या हल हुने र राजनीतिक दल र सिङ्गै मुलुकको लोकतन्त्र बलियो हुने विश्वास समेत व्यक्त गर्नुभयो।

आफूले आयोगका पदाधिकारीलाई निर्वाचनसँग सम्बन्धित विधेयक संसदमा पेस गरेर चाँडो भन्दा चाँडो ती विधेयकलाई पारित गर्ने हुटहुटी आफूमा रहेको कुरा पनि आयोग समक्ष राखेको उपप्रधानमन्त्री लामिछानेले बताउनुभयो।

- Advertisement -
Ad imageAd image

उहाँले ती विधेयकमा अन्तिम छलफल गरेपछि तुरुन्तै संसदमा लैजाने पनि बताउनुभयो।निर्वाचन व्यवस्थापन सम्बन्धी विधेयक र राजनीतिक दलसम्बन्धी संशोधन विधेयकका विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेसँग छलफल गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिनुभयो।

बैठकमा निर्वाचन आयोगको तर्फबाट प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगको पछिल्लो कामकारबाही बारे पनि उपप्रधानमन्त्री लामिछानेलाई बिफ्रिङ गर्नुभएको थियो।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
28°C
Kathmandu
broken clouds
28° _ 28°
49%
2 km/h
आइत
27 °C
सोम
30 °C
मंगल
31 °C
बुध
31 °C
बिहि
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ