इच्छाराज तामाङलाई तीन वर्ष कैद, एक अर्ब ७२ करोड जरिवाना

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ —विशेष अदालतले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड बिगो भराउन आदेश दिएको छ । सम्पत्ति शुद्धिकरण अभियोगमा दोषी ठहर गर्दै विशेष अदालतले यस्तो सजाय तोकेको हो । 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सम्पत्ति शुद्धिकरणको मुद्दामा तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७३ करोड बढी जरिवाना तोकेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिनुभयो । 

त्यसैगरी अदालतले तामाङ पत्नी सिर्जनालाई एक वर्ष ६ महिना कैद र एक अर्ब तीन करोड बिगो  तोकेको छ । सँगै अदालतले इच्छाराजका मामा ससुरा केशवलाल श्रेष्ठलाई डेढ वर्ष कैद र २५ करोड बिगो त्यत्ति नै बराबरको जरिवाना तोकेको छ ।अदालतले दोषी ठहर भएका सबैको सम्पत्ति जफत गर्न आदेशसमेत दिएको छ । 

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
few clouds
23° _ 23°
60%
3 km/h
बुध
24 °C
बिहि
24 °C
शुक्र
27 °C
शनि
26 °C
आइत
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ