Ad imageAd image

बैंककमा साहित्य मन थाइल्याण्डद्वारा ‘आदर्श दिव्य दृष्टि’ शृङ्खला–तीन सम्पन्न

थाइल्याण्ड नेपाल डटकम

बैंकक, थाइल्याण्ड – साहित्य मन थाइल्याण्डले आयोजना गरेको ‘आदर्श दिव्य दृष्टि’ शृङ्खला–तीन अन्तर्गत विशेष रचना वाचन कार्यक्रम आइतबार (असोज ५, २०८२) भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको सञ्चालन दीपा रानाले गर्नुभएको थियो।

यस अवसरमा प्रमुख अतिथि युवराज नयाँघरेले मन्तव्य दिँदै प्रवासी भूमिबाट साहित्य, कला र संस्कृतिको संरक्षणमा नेपाली समुदायले पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। विशिष्ट अतिथि प्रा.डा. वीणा पौडेलले दशैँको सांस्कृतिक महत्व र यसले नेपाली समाजलाई जोड्ने भूमिकाबारे विशेष मन्तव्य प्रस्तुत गर्नुभयो।

नेपालबाट जोडिनुभएका साहित्यकार स्नेही शिवले मन्तव्यसहित प्रसिद्ध गीत ‘नेपाली हामी रहौँला कहाँ…’ गाउनुभयो। साथै, उहाँले आफ्नो चर्चित कविता ‘नयाँ सत्ता’ पनि वाचन गर्नुभयो, जसले दर्शक–श्रोतामाझ गहिरो प्रभाव पारेको थियो।

थाइल्याण्डमा बसोबास गर्ने युवासाहित्यकारहरूले पनि आफ्ना सिर्जनात्मक रचनाहरू प्रस्तुत गरे। विजय बमरेलले ‘पर्दा पछाडिको दशैँ’ कविता र ‘एकछिनको सुख पाउनका लागि…’ गजल वाचन गर्नुभयो। भीमलाल खनालले ‘आयो दशैँ’ कविता सुनाउनुभयो भने विना ढकालले ‘दशैँ’‘घर फर्क’ शीर्षकका कविताहरू प्रस्तुत गर्नुभयो।

- Advertisement -
Ad imageAd image

त्यस्तै, दीपा रानाले ‘दशैँ’‘द्रौपदी’ कविताहरू वाचन गर्दै साहित्यमा महिला दृष्टिकोणको महत्वलाई उजागर गर्नुभयो।

कार्यक्रमको अध्यक्षता ओमप्रकाश न्यौपानेले गर्नुभएको थियो। उहाँले समापन मन्तव्य दिँदै प्रवासी भूमिमा साहित्यिक कार्यक्रमले नेपाली भाषा, साहित्य र संस्कृतिको निरन्तरता सुनिश्चित गर्नेमा जोड दिनुभयो।

साहित्य मन थाइल्याण्डद्वारा आयोजित यस कार्यक्रमले नेपाली समुदायबीच आपसी आत्मीयता र सांस्कृतिक चेतनालाई अझ मजबुत बनाएको छ। प्रवासी युवाको सक्रिय सहभागिता यसपटकको विशेष आकर्षण रह्यो।

सेयर: 21
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
27°C
Kathmandu
light rain
27° _ 27°
69%
5 km/h
मंगल
27 °C
बुध
30 °C
बिहि
25 °C
शुक्र
26 °C
शनि
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ