Ad imageAd image

दश वर्ष सम्म जापानमा कमाएको पैसा नेपालमा लगानी गर्न पाइँन’

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

हेटौंडा । दश वर्ष सम्म जापानमा काम गरी कमाएको पैसा नेपालमा लगानी गर्न वातावरण नभएको हेटौंडाका युवक दामोदर अधिकारीले बताउँछन् ।

मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ का अधिकारीले हेटौंडा–९ मा रहेको आफ्नै जग्गामा रिसोर्ट र चार्जिङ स्टेसन खोल्नका लागि स्थानीय सरकारको असयोगका कारण काम गर्ने वातावरण नभएको गुनासो गरेका हुन् ।

जापानमा दुख गरेर ल्याएको पैसाले आफ्नै ठाउँमा केही गर्छु भन्दा काम गर्न नदिएको बताउँदै अधिकारीले भने,‘पहिले चार्जिङ स्टेसन राख्ने भनेर हेटौंडा उपमहानगरपालिका नेपाल विद्युत प्राधिकरण सबैतिरका सरकारी निकायबाट स्वीकृति लिए २० लाख रुपैयाँजती लगानी पनि गरे । अहिले वडा कार्यालय, उपमहानगरपालिका, दलका नेताहरु, स्थानीय वासिन्दाहरुको कारण मैले काम गर्न सक्ने वातावरण बनेन ।’

उपमहानगरपालिकाको प्रत्यक कोठामा चाहार्दा पनि काम गर्न नसकेपछी आफुले दुख गरेर ल्याएको रकमको लगानी गर्न नपाएको उनले गुनासो गरे । लगानी गरी स्थानीयलाई रोजगारी दिन्छु भन्दा पनि विभिन्न बहानामा काम गर्ने वातावरणनै नदिएको अधिकारीको गुनासो छ ।

- Advertisement -
Ad imageAd image

काम गर्नका लागि सबै सरकारी प्रक्रिया पुरा गर्दा पनि लगानी गरेर काम गर्न नपाएपछी आफु निराश भएको उनले दुखेसो पोखे ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
28°C
Kathmandu
scattered clouds
28° _ 28°
47%
5 km/h
शनि
27 °C
आइत
30 °C
सोम
30 °C
मंगल
29 °C
बुध
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ