Ad imageAd image

पोखरामा आजै साँझदेखि डिस्को, दोहोरी, लाइभ म्युजिक रातभर खुल्ने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने


काठमाडौं । पोखरामा आज साँझदेखि डिस्को, दोहोरी, लाइभ म्युजिकजस्ता व्यवसायहरु रातभर खुल्ने भएका छन् । पोखरालाई आइतबार नेपालको पर्यटकीय राजधानी घोषणा गरेसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै साँझदेखि लागु हुनेगरी निश्चित मापदण्ड बनाएर पोखराको लेकसाइड इलाका, पृथ्वीचोक महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेस्टुरेन्ट, स्पा, किराना तथा खाजा पसलहरु रातको १ बजेसम्म निर्वाध रुपमा सञ्चालन हुने बताउनुभयो ।

राउन्ड फेवा, भ्यु फेवा ट्रेकिङ ट्रेल आगामी दिनमा सञ्चालन बताउनुभयो । मुख्यमन्त्री पाण्डेले बेगनास तालमा ‘क्रुज सिप’ सञ्चालनको घोषणा समेत गर्नुभयो ।

पोखरामा आधुनिक टर्मिनलसहितको बसपार्क निर्माण गर्ने, पोखरालाई बृहत् ध्यान केन्द्रका रुपमा एउटा ध्यान केन्द्र निर्माणको घोषणा गर्नुभएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोकसम्म ‘सटल बस’ सेवा सञ्चालन पनि हुने उहाँको भनाई छ । पोखरामा पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय सभा हलको आवश्यकता रहेको भन्दै त्यस विषयमा आवश्यक परमर्श भइरहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

- Advertisement -
Ad imageAd image
सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
clear sky
21° _ 21°
22%
1 km/h
बुध
21 °C
बिहि
34 °C
शुक्र
33 °C
शनि
33 °C
आइत
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ