Ad imageAd image

सुन तस्करी अभियोगमा पक्राउ परेका दिपेश पुनमाथि अनुसन्धान सुरु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, चैत ३ गते। सुन तस्करी अभियोगमा पक्राउ परेका अनेरास्ववियु क्रान्तिकारीका महासचिव दिपेश पुनमाथि अनुसन्धान सुरु भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालका अनुसार पुन शुक्रबार काठमाडौंबाट पक्राउ परेका हुन्।

गत साउनमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद गरिएको झण्डै ६१ किलो सुन प्रकरणका मुख्य आरोपी दावाछिरिङसँग पुनको सम्बन्ध रहेको पाइएको थियो।

बिहीबार गृहमन्त्रीसमक्ष पेस गरिएको सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा पुनको संलग्नता औँल्याएको छ। गृहमन्त्रीलाई आयोगले प्रतिवेदन बुझाए लगत्तै प्रहरीले पुनलाई पक्राउ गरेको हो। पुन पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन्।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
moderate rain
21° _ 21°
95%
2 km/h
बुध
20 °C
बिहि
20 °C
शुक्र
22 °C
शनि
19 °C
आइत
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ