Ad imageAd image

रुकुमपश्चिम महोत्सवमा आज रामजी खानको भब्य प्रस्तुती,भोलि ज्योति मगर आउदै

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रुकुम पश्चिम। रुकुम पश्चिम जिल्लाको आठबिस्कोट नगरपालिका राडी बजारमा लागिरहेको आठबिस्कोट पर्यटन तथा ब्यापार महोत्सवमा आज राम्जी खानले भब्य प्रस्तुति दिएका छन् ।

कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्च रुकुम पश्चिमको आयोजनामा आज देखि ‘आठबिसकोट पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव’ सुरु भएको हो ।

उद्घाटन पछिको पहिलो दिन आज खानले प्रस्तुति दिएका हुन ।लोकप्रिय गायक तथा मोडल खानलाई हेर्न करिब एक हजार बढी दर्शकले टिकट लिएको महोत्सव सयोजक तुल देवकोटाले बताउनुभयो ।

- Advertisement -
Ad imageAd image

उहाँका अनुसार भब्य र सब्य तरिकामा पहिलो दिन महोत्सव सम्पन्न भएको हो । यस्तै, भोलि सनिवारको दिन भने गायिका ज्योति मगरको प्रस्तुति रहने भएको छ ।

मगर युवा युवती देखि बुढा पाका सम्मलाई आफ्नो प्रस्तुतिमा झुमाउन सक्ने गायिका तथा मोडल पनि हुन । गायिका मगर लाई हेर्नका लागि दर्शक आतुर रहेको देवकोटाको भनाइ रहेको छ ।

यस्तै महोत्सवमा चर्चित हास्य कलाकार धुर्मुस सुन्तली, गायक राजु परियार, पशुपति शर्मा, गायिका ज्योति मगर, एलिना चौहान, सिम्रन परियार, टीका सानु लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ । चैत २२ देखी सुरु भएको महोत्सव बैशाख २ गतेसम्म संचालन। हुनेछ ।

सेयर: 17
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
31°C
Kathmandu
clear sky
31° _ 31°
21%
5 km/h
सोम
30 °C
मंगल
33 °C
बुध
33 °C
बिहि
33 °C
शुक्र
33 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ