चितुवा मृत अवस्थामा फेला

थाइल्याण्ड नेपाल डट्कम

रौतहट ।  रौतहटको बलेरीको नहरमा एक चितुवा मृत अवस्थामा फेला परेको छ । चितुवाको मुखबाट रगत आएको कारण चोरी सिकारीले मारेको हुन सक्ने आँकलन गरिएको छ ।

यद्मपी चितुवा नहरको पानीले बगाएर ल्याएको अवस्थामा फेला परेको स्थानियले बताएका छन् । चोरी सिकारीको उदेश्यले मारेको हुन सक्ने स्थानीय रुप नारायण पटेलले बताए ।

उनका अनुसार वृन्दावन नगरपालिका–१ बलेरीको नहरबाट कृषकको खेतसम्म आइपुगेको हो । तर डिभिजन बन कार्यालय रौतहटले सिकारीले मारेको नभइ आफैं मरेको बताएको छ ।

चितुवाको प्रकृति हेर्दा कालगतीले मरेको देखिएको डिभिजन वन कार्यालय रौतहटका निमित्त प्रमुख राम गणेश साहले बताए । यस विषयमा अनुसन्धान गरिने   उनले जानकारी दिए ।

मरेको चितुवालाई स्थानीय प्रशासन र जनप्रतिनिधिको रोहबरमा खाडल खनेर पुरिएको छ । पछिल्लो समय रौतहटको बनमा लोपोन्मुख बन्यजन्तु देखा पर्न थालेका छन् ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
58%
1 km/h
आइत
30 °C
सोम
32 °C
मंगल
33 °C
बुध
33 °C
बिहि
27 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ